Kathmandu Press

प्रेस्क्रिप्सनबिनाको औषधीले दक्षिण कोरियामै रोकिए माओवादी नेता 

प्रेस्क्रिप्सनबिनाको औषधीले दक्षिण कोरियामै रोकिए माओवादी नेता 

काठमाडौं, असोज २ : चिकित्सकको ‘प्रेस्किप्सन’ बिनाको औषधि बोकेका कारण नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियामा  रोकिनुपरेको छ।

चिकित्सकको प्रेस्किप्सन बिनाको औषधिबारे कोरियाली भन्सार अधिकारीले दीपशिखामाथि अनुसन्धान गरिरहेका छन्।

Hardik ivf

कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएको उक्त औषधिका कारण असहज परिस्थिति उत्पन्न भएको हो। भन्सारको प्रमाणीकरण नसकिएसम्म उनलाई कोरियाबाट नेपाल फर्कन रोक लगाइएको छ।

औषधीको विषयमा अनुसन्धान चले पनि उनलाई विमानास्थल बाहिर जान भने अनुमती दिइएको छ। दीपशिखा केही समयअघि कोरिया भ्रमणमा गएका थिए। 

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले मंगलवार एक प्रेश नोट जारी गर्दै ‘दीपशिखा’ को बिषयमा समस्या समाधान हुने क्रममा रहेको जनाएको छ।

नेपाली दूतावासले सउलस्थित नेपाली राजदूत प्याकुरेलले मगाएको औषधि चिकित्सकको प्रेस्क्रिप्सनबिना भएकाले अनुसन्धान भइरहेको र समाधानको क्रममा रहेको बताएको छ। 

‘भन्सार अधिकारीको माग बमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण सो समस्या समाधान हुने अन्तिम क्रममा रहेको छ,’ दक्षिण कोरियास्थिति नेपाली राजदुतावासको प्रेश नोटमा उल्लेख छ। 
 

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, असोज २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्