राजनीति, सत्ता र शक्तिको साधन मात्रै होईन : राष्ट्रपति पौडेल

भक्तपुर, असाेज २ : राष्ट्रपति रामचन्द्र पौडेलले, राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्न नहुने बताएका छन्।
आज भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतिक अनावरण समारोहमा उनले, राजनीतिलाई सत्ता र शक्तिको साधन होईन्, राष्ट्र निमार्णको लागि जीवन समर्पित गर्ने कर्म हो भनेर वर्तमान र भावि पुस्तासम्म पुर्याउनु पर्ने बताएका हुन्।
स्वर्गीय सिंहको जीवन दर्शनको सन्देश नै निष्ठाको राजनीति भएको बताएका उनले भने ‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन वचन र कर्मले गणेशमान सिंहले निर्वाह गर्नुभएको काम सबैका लागि प्रेरणा बन्ने छ।’
कठिन समयमा पनि, लोकतन्त्रको पक्षमा उभिएका सिंहकै जीवनबाट आफूहरुलाई पनि क्रान्तिमा लाग्न र लोकतन्त्रका पक्षमा लड्न प्रेरणा मिलेको उनको भनाई छ।
प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार