शिक्षकले विद्यार्थीको पढ्न पाउने हकलाई कुण्ठित पार्नुहुन्न : शिक्षामन्त्री राई

काठमाडाैं, असाेज २ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रसेवक र जिम्मेवार शिक्षकरकर्मचारीले विद्यार्थीको पढ्न पाउने हकलाई कुण्ठित गर्न नहुने बताएका छन्।
राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजित मूल समारोह समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मस्यौदा भएको विद्यालय शिक्षासम्बन्धी विधेयक संसदकम पुगेकाले त्यसलाई थप परिमार्जनका लागि संवाद र वार्ताका माध्यमबाट जानुपर्नेमा जोड दिए।
उनले आन्दोलनरत शिक्षक महासङ्घलाई आज दिउँसो ३ बजे वार्तामा बोलाइएकामा महासङ्घले सहभागी नहुने जनाएकामा चिन्ता व्यक्त गरे।
मन्त्री राईले शिक्षा क्षेत्रलाई विकासको बाटोमा अघि बढाउने र शिक्षा क्षेत्रमा उत्कृष्टहरुलाई सरकारले प्रोत्साहन गर्ने बताए। मुलुकका प्रतिभाहरुलाई सम्मान र आवश्यक वातावरण सिर्जना गर्न नसके प्रतिभा पलायनलाई रोक्न नसकिने कुरालाई सरकारले राम्रोसंग बुझेको उनले बताए।
उनले विद्यालय शिक्षासम्बन्धी विधेयकलाई थप परिमार्जनका लागि संवाद र वार्ताका माध्यमबाट जानुपर्नेमा जोड दिए।
शिक्षा, विज्ञान तथा प्रविधिराज्य मन्त्री प्रमिला कुमारीले शिक्षा विधेयक पारित भएपछि शिक्षाको मौलिक हक कार्यान्वयनमा सहयोग मिल्ने जनाइन्।