डा. शेखरले डाकेको बैठकमा शर्मा र पौडेल अनुपस्थित
काठमाडौं, भदौ २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल डा.शेखर कोइरालाले डाकेको बैठकमा जान अस्विकार गरेका छन्। बालुवाटारमा अहिले बैठक चलिरहेको छ ।
कांग्रेस नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो हुने बैठकका लागि शर्मा र पौडेललाई पनि आमन्त्रण गरिएको थियो।
आगामी बिहीबार बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा रणनीति बनाउन बैठक डाकिएको थियो । बैठकमा महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेल नपुगेको जनाइएको छ।
प्रकाशित मिति: १५:५२ बजे, मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिंहदरबारमा विपक्षी दलहरू छलफलमा बुधबार, माघ २, २०८१
भूकम्प दिवस : पूर्वतयारीका लागि सङ्कल्प जरुरीबुधबार, माघ २, २०८१
रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस बुधबार, माघ २, २०८१
आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना बुधबार, माघ २, २०८१