दुई वर्षपछि एमाले केन्द्रीय कार्यालय पुगे झलनाथ 

गत साता निधन भएका पूर्व सभामुख एवम् एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रमका लागि खनाल च्यासल पुगेका हुन्।
दुई वर्षपछि एमाले केन्द्रीय कार्यालय पुगे झलनाथ 

काठमाडौं, असोज २ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमालेको केन्द्रीय कार्यालय पुगेका छन्। 

पार्टी विभाजनको दुई वर्षपछि खनाल च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेका हुन्। गत साता निधन भएका पूर्व सभामुख एवम् एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रमका लागि खनाल च्यासल पुगेका हुन्।

एमालेले नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयमा मंगलबार प्रवचन कार्यक्रम राखेको छ। कार्यक्रममा केपी शर्मा ओली र खनाल एकसाथ मञ्चमा बसेका थिए। एमालेको निमन्त्रणामा खनाल त्यहाँ पुगेका हुन्। 

एमालेले पहिलो पटक नेकपा समाजवादीका नेतालाई कार्यक्रममा डाकेको छ। यसअघि एमालेले समाजवादीलाई दलको रुपमा समेत स्विकारेको थिएन। समाजवादीका नेता खनालले कार्यक्रमलाई सम्बाेधन गरेका छन्। 
 

प्रकाशित मिति: १५:४० बजे, मंगलबार, असोज २, २०८०
NTCNTC
ncellncell
प्रतिक्रिया दिनुहोस्