नेपालको संविधानमा ‘सुवास’ बाँचिरहनुहुनेछ : निलाम्बर आचार्य
नेपालको संविधानमा सुवासजि बाँचिरहनुहुनेछ। त्यतिमात्रै होइन नेपालको लोकतन्त्रमा, नेपालका न्यायपूर्ण आन्दोलन जेजे हुन्छन् त्यसमा उहाँ बाँचिरहनुहुनेछ।’
काठमाडौं, असाेज २ : भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले नेपालमा भएका न्यायपूर्ण आन्दोलन, लोकतन्त्र र नेपालको संविधानमा सुवासचन्द्र नेम्वाङ सधैं बाँचिरहने बताएका छन्।
मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा (एमाले)द्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’मा आचार्यले एमालेको नेता भएर नेपाली राजनीतिमा सबैले रुचाएको प्रिय व्यक्तिका रूपमा स्मरण गर्दै उनले सुवास नेपालको संविधानमा जीवन्त रहने बताए।
उनले भने, ‘नेपालको संविधान सम्झनासाथ त्यसलाई कार्यान्वयन गर्न सक्दासम्म वा कार्यान्वयनमा कठिनाइ हुँदा पनि हामीले सुवासजीलाई सम्झन्छौं। नेपालको संविधानमा सुवासजि बाँचिरहनुहुनेछ। त्यतिमात्रै होइन नेपालको लोकतन्त्रमा, नेपालका न्यायपूर्ण आन्दोलन जेजे हुन्छन् त्यसमा उहाँ बाँचिरहनुहुनेछ।’
पञ्चायत कालबाटै सुवाससँग आफ्नो चिनजान र नजिकको सम्बन्ध रहेको बताएका आचार्यले सुवास जस्तो असल नेता पाएकामा एमालेलाई भाग्यमानी पार्टी भएको टिप्पणी पनि गरे।











