यसरी मनाइँदैछ ऋषिपञ्चमी [तस्बिरहरू]

आज बिहानै उठेर स्नान गरी तिजको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन्।
यसरी मनाइँदैछ ऋषिपञ्चमी [तस्बिरहरू]

काठमाडाैं, असाेज २ : ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। यो पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ ।

महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन्।

Photo (20)(2)1695100700.jpg

ऋषिपञ्चमीको दिन सप्त ऋषिको पूजा आराधना गर्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। यही विश्वासका साथ काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको छ।

यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्तऋषिको पूजा लगाउने गर्छन्। मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजाआराधना गर्ने गरेका छन्।

Photo (15)(1)1695100655.jpg

Photo (9)(3)1695100636.jpg

21695100478.jpg

61695100553.jpg

Photo (2)(6)1695100563.jpg

41695100512.jpg

Photo (8)(4)1695100618.jpg

11695100472.jpg

Photo (7)(5)1695100601.jpg

Photo (18)(1)1695100682.jpg

31695100493.jpg

Photo (17)(3)1695100665.jpg

51695100533.jpg

Photo (20)(2)1695100700.jpg

प्रकाशित मिति: १०:५८ बजे, मंगलबार, असोज २, २०८०
NTCNTC
ncellncell
प्रतिक्रिया दिनुहोस्