Kathmandu Press

सरकार र राजनीतिक दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्छ : नेता सिंह

गणेशमान सिंहले जस्तै सुशासनको बारेमा र जनतालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रमहरू अगाडि लानु पर्ने उनको भनाई छ।
सरकार र राजनीतिक दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्छ : नेता सिंह

काठमाडौं, असोज २ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको अधिकार सुनिश्चितताको लागि काम गर्नु पर्ने बताएका छन्।

मंगलबार गणेशमान सिंहको २६औं स्मृति दिवसको अवसरमा उनले सरकारले र दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्ने बताएका छन्।

‘जनताको अधिकार सुनिश्चित हुनुपर्छ। र जनताको दैनिकी जीवन सहज हुनुपर्छ,’ उनले भने, ‘जिविकोपार्जनको लागि सहज हुनुपर्यो यो सरकारले र दलहरुले यस्ता कार्यमा जोड दिनुपर्छ।’

गणेशमान सिंहले जस्तै सुशासनको बारेमा र जनतालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रमहरू अगाडि लानु पर्ने उनको भनाई छ।

नेता सिंहले विधिको शासन हुनुपर्छ भन्ने कुरालाई गणेशमान सिंहले निकै नै जोड दिएको उल्लेख गरे। उन अवसर नपाएका वर्गलाई समावेश गरेर अगाडि लानु पर्ने बताए।

प्रकाशित मिति: १०:३७ बजे, मंगलबार, असोज २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्