अहिले पनि खानकै लागि संर्घष गर्नु लज्जास्पद हो : अध्यक्ष ओली
उनले मानिसकै गलत प्रवृतिका कारण माटोको उर्वराभूमि नास भएको भन्दै उनले बाच्नका लागि मात्रै संर्घष गर्नु पर्ने स्थिति लज्जास्पद भएको बताए।
काठमाडौं, असोज १ : एमाले अध्यक्ष केपी ओलीले आजको युगमा पनि खानकै लागि संर्घष गर्नु पर्ने अवस्था आउनु दुखद् भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू सम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले २१औं शदाब्दीमा खानाकै लागि संघर्ष गर्नुपर्ने स्थिति लाजामर्दो विषय भएको बताएका छन्।
उनले मानिसकै गलत प्रवृतिका कारण माटोको उर्वराभूमि नास भएको भन्दै उनले बाच्नका लागि मात्रै संर्घष गर्नु पर्ने स्थिति लज्जास्पद भएको बताए। उनले पर्याप्त सम्भावना भएर पनि विद्युत उत्पादन नभएको कारण नेपालमा विद्युत वितरणमा समस्या आएको बताए।
अध्यक्ष ओली उत्पादन र विकासमा प्रविधिको प्रयोग गरेमा विद्युतको खपत पनि बढी हुने बताए। कृषिको आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने उनको भनाई छ।
‘अहिले उद्योगहरुले विद्युत पाएको छैन्। सब स्टेशन छैन् त्यसकारण विद्युत सप्लाई गर्न सकिएको छैन। उद्योगहरूले अहिले पनि मागिरहेका छन्,’ उनले भने, ‘हामीलाई चाँहिदो विद्युत उत्पादन भएको छैन् । पुग्दो उत्पादन भएपनि हामीले कसरी उपभोग गर्ने पनि सिकाएको छैन्।’











