साँझसम्म तीन लाखले गरे पशुपति दर्शन
पशुपति नाथमा आज साँझ ५ बजेसम्म करिब तीन लाख दर्शनार्थीले मन्दिर प्रवेश गरेर दर्शन गरेका छन्।
काठमाडौं, असोज १ : हरितालिका तीजका अवसरमा काठमाडौंको पशुपति नाथमा आज साँझ ५ बजेसम्म करिब तीन लाख दर्शनार्थीले मन्दिर प्रवेश गरेर दर्शन गरेका छन्।
पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले, भने ‘अपरान्ह पाँच बजेसम्म करिब पौने ३ लाखले दर्शन गरेका छन्। अब बेलुका ९ बजेसम्म तीन लाखले दर्शन गर्ने अपेक्षा छ।’
उनले पशुपति दर्शनका हिसाबले अहिले सम्मकै व्यवस्थित तीज पर्वको रुपमा दर्शनार्थीले व्याख्या गरेको उनको बताए।
कोषले बिहान ६ बजेदेखि पशुपति दर्शका लागि सर्वासधारणका लागि खुला गरेको थियो। दर्शनार्थीहरु बिहान ३ बजेदेखि नै लाइन लागेका थिए।
प्रकाशित मिति: १८:२१ बजे, सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











