Kathmandu Press

स्थगित बिपी साहित्य महोत्सव असोज ३ मा

महोत्सव भदौ २४ र २५ गते दुई दिन सञ्चालन भए पनि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि कांग्रेसले महोसत्व स्थगन गरेको थियो।
स्थगित बिपी साहित्य महोत्सव असोज ३ मा
Hardik ivf

काठमाडौँ, असोज १ : नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव अन्तर्गतको तेस्रो र अन्तिम दिन (भदौ २६ गते) स्थगित भएको कार्यक्रम असोज ३ गते गर्ने भएको छ।

असोज ३ गते विहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा महोसत्व आयोजना हुने सो पार्टीले जनाएको छ। महोत्सव भदौ २४ र २५ गते दुई दिन सञ्चालन भए पनि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि कांग्रेसले महोसत्व स्थगन गरेको थियो।

आगामी कार्यक्रममा बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटोलगायत विभिन्न विषयगत विज्ञहरुबाट अन्तरक्रियात्मक प्रस्तुति रहनेछन्।

कांग्रेसको सूचना तथा प्रचार प्रसार विागका प्रमुख मीन विश्वकर्माले गत भदौ २४ र २५ को कार्यक्रममा जस्तै असोज ३ गते हुने ऐतिहासिक बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रममा सहभागीताका लागि सबैलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, असोज १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्