Kathmandu Press

नेकपा एसलाई गठबन्धनबाट निकाल्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

उनले गठबन्धन बनाउन आफ्नो पार्टीले नै नेतृत्वदायि भूमिका निर्वाह गरेको भन्दै गठबन्धनभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे।
नेकपा एसलाई गठबन्धनबाट निकाल्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

काठमाडाैं, असाेज १ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई गठबन्धनबाट निकाल्ने षडयन्त्र भइरहेको बताएका छ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट एकीकृत समाजवादीलाई बाहिर निकाल्ने षडयन्त्र भइरहेको बताएका हुन्।

उनले गठबन्धन बनाउन आफ्नो पार्टीले नै नेतृत्वदायि भूमिका निर्वाह गरेको भन्दै गठबन्धनभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे।

उनले अहिलेको गठबन्धन समाजवादका लागि बाधक नभएकाले गठबन्धन र सरकारबाट बाहिर निस्किए पार्टी समाप्त हुन सक्ने जिकिर गरे। त्यस्तै उहाले मुलुक अन्त्यै जटिल भूराजनीतिमा रहेकाले एमसीसीलाई मुलुकको हितका आधारमा अघि बढाउनुपर्ने धारणा राखे।

अध्यक्ष नेपालले समाज रुपान्तरणको क्रममा बाधा हुनेहरुलाई पन्छाउदै अघि बढ्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १५:०१ बजे, सोमबार, असोज १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्