तीनकुनेस्थित हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा
हत्यामा उनको कुनै संलगग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।काठमाडौं, असोज १ : काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ।
हत्यामा उनको कुनै संलगग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
उनका अनुसार उक्त हत्या प्रकरणमा राइको कुनै सम्लग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो। घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।
गएको शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उनकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो।
प्रकाशित मिति: १४:४१ बजे, सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा रवि लामिछानेले कसका नाममा कतिको चेक काटे ?शुक्रबार, असोज ४, २०८१
कुमार रम्तेलको बयान- रवि लामिछानेले सहकारीबाट १ करोड ९० लाख ऋण लिएका थिएशुक्रबार, असोज ४, २०८१
जिबी राईसहित सहकारी प्रकरणमा फरार रहेका २९ जना को-को हुन्, अहिले कहाँ छन् (सूची)शुक्रबार, असोज ४, २०८१
गोरखा मिडियाका संस्थापक जोशीको बयान– आफ्नो सेयरबाट रविलाई १५ प्रतिशत शेयर दिएको हुँ शुक्रबार, असोज ४, २०८१