Kathmandu Press

अस्पतालमा निःशुल्क रगत पाइने व्यवस्था गराउन सांसद पौडेल सक्रिय

अस्पतालमा निःशुल्क रगत पाइने व्यवस्था गराउन सांसद पौडेल सक्रिय
Hardik ivf

काठमाडौ, असोज १ : काठमाडौंका अत्याधिक बिरामीको चाप हुने टिचिङ अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निः शुल्क रगत लिन सकिने व्यवस्था छिट्टै कार्यान्वयनमा आउने भएको छ। 

काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन्। पौडेलले निः शुल्क रगत लिन सकिने व्यवस्था कार्यान्वयन गराउन वाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा तामाङ र वाग्मती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीसँग निरन्तर छलफल भएको र उक्त विषय कार्यान्वयन गराउनका लागि उनीहरुले देखाएको सक्रियताप्रति विशेष आभार प्रकट गर्दै यस्तो जानकारी गराएका हुन् । 

एउटा व्यक्तिले निस्वार्थ भावमा निःशुल्क रगत दान गर्छ भने रगतको आवश्यकता परेर लिन आउने अर्को व्यक्तिले पनि निशुल्क नै पाउनु पर्छ भन्दै निरन्तर संसद र सार्बजनिक कार्यक्रममा पटक–पटक यस बिषयमा आवाज उठाउँदै आएका छन्।

प्रकाशित मिति: १४:०१ बजे, सोमबार, असोज १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्