तीज पर्वले महिलाहरूको समान पहुँचलाई सशक्त बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी
सोमबार सुभकामना सन्देश जारी गर्दै यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने बताएकी छन्।
काठमाडौं, असाेज १ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज २०८० को अवसरमा शुभकामना दिँदै महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताएकी छन्।
सोमबार सुभकामना सन्देश जारी गर्दै यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने बताएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले हरितालिका तीज नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा मौलिक धार्मिक तथा सांस्कृतिक पर्व रहेको भन्दै देश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यको शुभकामना व्यक्त गरेकी हुन्।
प्रकाशित मिति: १२:२२ बजे, सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार