पशुपतिमा तीजको रमझम [तस्बिरहरू]
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।![पशुपतिमा तीजको रमझम [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover1695017437.jpg)
काठमाडाैं, असाेज १ : आज हरितालिका तीज, नेपालीहरूकाे महानचाड। देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ। शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लागेको छ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तिर्थालु, एवं व्रतालु महिलाहरुको भीड लागेको छ। अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको राम्रो होस् भन्ने मनशायसहित व्रत बस्ने चलन छ। निराहार व्रत बसे मनोकामना पूरा हुने शास्त्रोक्त कथन छ।
पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ । पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषले ६ बजेअगाडि नै दर्शन गराएको थियो ।
प्रकाशित मिति: ११:३३ बजे, सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
