Kathmandu Press

प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका दाहाल र गुटेरेसबीच राष्ट्रसंघको कार्यालयमा भएको भेटमा गुटेरेसले नेपालको शान्ति प्रक्रियाबारे चासो राखेका थिए। यस्तै शान्ति सेना, जलवायु परिर्वतन र दिगो विकास लगायतका विषयमा पनि छलफल भएको थियो। 
प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं, असोज १ : प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका दाहाल र गुटेरेसबीच राष्ट्रसंघको कार्यालयमा भएको भेटमा गुटेरेसले नेपालको शान्ति प्रक्रियाबारे चासो राखेका थिए। यस्तै शान्ति सेना, जलवायु परिर्वतन र दिगो विकास लगायतका विषयमा पनि छलफल भएको थियो। 

प्रधानमन्त्री दाहालले नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ गर्न दुई जना सहमत भएको बताएका छन्। प्रधानमन्त्री दाहाल आइतबार न्यूयोर्क पुगेका छन्।  दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: ०८:१३ बजे, सोमबार, असोज १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्