Kathmandu Press

अमेरिका पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहाललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए।
अमेरिका पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिकाको न्युयोर्क पुगेका छन्।

प्रधानमन्त्री दाहाललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको हो।

प्रधानमन्त्री दाहालले असोज ४ गते राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गर्नेछन्।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री दाहाल दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनेछन्। त्यहाँ उनले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।

 

प्रकाशित मिति: १९:५२ बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्