Kathmandu Press

गैह्रीगाउँ हत्या प्रकरण : चार जनाको हत्या गरेर पेप्सीकोला साथीको घरमा पुगेका थिए आरोपी सञ्जय

सीसीटीभी फुटेजको सहयोगमा पक्राउ सञ्जय शुक्रबार राति धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या गरेर उनी पेप्सीकोला स्थित साथीको घर पुगेका थिए।
गैह्रीगाउँ हत्या प्रकरण : चार जनाको हत्या गरेर पेप्सीकोला साथीको घरमा पुगेका थिए आरोपी सञ्जय

 

 

काठमाडौं, भदौ ३१ : तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलमा एकै परिवारका तीनसहित चार जनाको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

Hardik ivf

उनलाई प्रहरीले सञ्जयलाई सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको थियो। शुक्रबार राति धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या गरेर उनी पेप्सीकोला स्थित साथीको घर पुगेका थिए।

राति मूलगेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउण्डभित्र पुगेका थिए। तर त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको जिल्ला प्रहरीले जनाएको छ।

बोल्न नसक्ने सञ्जयले प्रहरी समक्ष चारै जनाको आफूले हत्या गरेको दोभासेमार्फत बयान दिएका छन्। नवीन राईले आफूलाई केही दिनअघि मोटरसाइकलले ठक्कर दिएपछि हत्या गरेको उनले बताएका छन्।

घटनामा मारिएका मोरङका नवीन राईले केही दिन अघि चलाएको मोटरसाइकलले आरोपीतलाई चाबहिलमा ठक्कर दिएको र सोही रिशमा हत्या गरेको भेटिएको छ।

आरोपित व्यक्तिले नवीन राई बस्ने गरेको ठाउँ खोज्दै गैरीगाउँस्थित सःमिल पुगेका थिए । राती सःमिल पुगेका उनले झोलामा राखेको खुकुरी निकालेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नविनको हत्यापछि भुजेल परिवारको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रकाशित मिति: १८:४४ बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्