सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता
उनीहरुविरुद्ध अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका अतिरिक्त एकीकृत कसुरतर्फ थप सजाय गर्न समेत माग दाबी गरिएको छ।
काठमाडौं, भदौ ३१ : सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबीले)को प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले आइतबार २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
६० किलो सुन प्रकरणमा लामो अनुसन्धानपछि जिल्ला सरकारी वकील कायाल्यले २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो। उनीहरुविरुद्ध अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका अतिरिक्त एकीकृत कसुरतर्फ थप सजाय गर्न समेत माग दाबी गरिएको छ।
सुन तस्करी प्रकरणमा ३२ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। जिल्ला सरकारी वकीलले ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ बिगो कायम गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
सुन तस्करी प्रकरणमा सीआईबीले गत बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
प्रकाशित मिति: १८:०३ बजे, आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











