Kathmandu Press

डाक्टरमाथि भौतिक आक्रमण गर्नेलाई कडा कारबाही हुन्छ : मन्त्री शर्मा  

उनले डाक्टरहरुको विषयमा आवश्यक छलफल गरेर छानबिन अगाडि बढ्नु पर्ने भन्दै सरकारले कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएकी हुन्। 
डाक्टरमाथि भौतिक आक्रमण गर्नेलाई कडा कारबाही हुन्छ : मन्त्री शर्मा  

काठमाडौं, भदाै ३१ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, चिकित्सकमाथि आक्रमण गर्नेलाई सरकारले कडा भन्दा कडा कारबाही गर्ने बताएकी छन्। 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले डाक्टरहरुको विषयमा आवश्यक छलफल गरेर छानबिन अगाडि बढ्नु पर्ने भन्दै सरकारले कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएकी हुन्। 

‘हस्पिटलले आफ्नो मर्यादामा रहेर काम गर्दा पनि जनताको आक्रोशको शिकार हुनुपर्ने र डाक्टरहरुलाई शारिरिक रुपमा नै आक्रमण गर्ने जुन अराजकपूर्ण अवस्था देखिएको छ,' उनले भनिन्, 'यो आफैमा बेठिक छ, यो समस्याको समाधान हुनुपर्छ। नेपालको कानून बमोजिम दोषीले सजाय पाउनु पर्छ। यो डाक्टरहरुको विषयमा आवश्यक छलफल गरेर छानबिन गरेर अगाडि बढ्नु पर्छ। कानूनी कारबाहीको लागि सरकार अगाडि बढ्छ।’

प्रकाशित मिति: १६:१० बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्