आन्दोलन रोक्न सरकार र चिकित्सकविच वार्ता सुरु
स्वास्थ्य मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा.विकास देवकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो।
काठमाडौं, भदौ ३१ : सरकारी टोली र नेपाल चिकित्सक संघ गठन गरेको वार्ता समितिबीच बैठक सुरु भएको छ।
स्वास्थ्य मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा.विकास देवकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो।
स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको छ । वार्तामा सरकारको तर्फबाट डा.विकास देवकोटाको संयोजकत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवको टोली सहभागी छ।
यस्तै नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा.अनिलविक्रम कार्की, उपाध्यक्ष डा.बद्री रिजाल, महासचिव डा.सन्जिव तिवारी, सहसचिव डा.लेसियन महर्जन र केन्द्रीय सदस्यहरू वार्तामा रहेको जनाइएको छ।
प्रकाशित मिति: १५:३२ बजे, आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार