Kathmandu Press

जिल्ला न्यायाधीशको जाँचमा एक जना मात्र पास 

न्याय सेवा आयोगले गत साउन १६ गतेदेखि २० गतेसम्म जिल्ला न्यायाधीशका लागि परिक्षा लिएको थियो। जिल्ला न्यायाधीशको परीक्षामा दुई सय ११ जना सहभागी थिए। आयोगबाट आइतबार परिक्षाफल प्रकाशित भएको थियो।
जिल्ला न्यायाधीशको जाँचमा एक जना मात्र पास 

काठमाडौँ, भदौ ३१ : जिल्ला न्यायाधीशका लागि लिइएको लिखित परीक्षामा एक जना मात्रै उत्तीर्ण भएका छन्। 

न्याय सेवा आयोगले गत साउन १६ गतेदेखि २० गतेसम्म जिल्ला न्यायाधीशका लागि परिक्षा लिएको थियो। जिल्ला न्यायाधीशको परीक्षामा दुई सय ११ जना सहभागी थिए। आयोगबाट आइतबार परिक्षाफल प्रकाशित भएको थियो।

२९ पदका लागि एकजना उपसचिव पारसमणि पोखरेलले मात्र नाम निकाल्न सफल भएका हुन्। पोखरेल हाल भक्तपुर जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत छन्। पोखरेललाई असोज १ गते अन्तर्वार्तामा सहभागी हुन बोलाइएको छ। 

जिल्ला न्यायाधीशको परीक्षामा सहभागी दुई सय १० जना फेल भएका छन्। फेल हुने अधिकाँस कानुन व्यवसायी हुन्।

न्याय सेवा आयोगले आन्तरिक खुलाका लागि १५, खुलाका लागि ७, महिला २, आदिवासी÷जनजाती २, मधेसी २ र दलित एक पदका लागि दरखास्त आह्वान गरेको थियो।

प्रकाशित मिति: १५:२० बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्