Kathmandu Press

संसद् र सरकार दुवैमा स्थिरता हुनुपर्छ : विमलेन्द्र निधि

आइतबार नेपाल प्रेस युनियनले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए। 
संसद् र सरकार दुवैमा स्थिरता हुनुपर्छ : विमलेन्द्र निधि

जनकपुरधाम, भदाै ३१ : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद विमलेन्द्र निधिले संसद र सरकार दुवैमा राजनीति स्थिरता हुनुपर्ने बताएका छन्।

आइतबार नेपाल प्रेस युनियनले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए। 

उनले देशमा कुनै एक पार्टीको पनि बहुमत नभएकाले गठबन्धन बनाउनुपरेको उल्लेख गर्दै  सरकारले स्थिररूपमा काम गर्न आवश्यक रहेको बताए। 

सञ्चारकर्मीहरूले प्रधानमन्त्री हेरफेर हुने सम्भावना रहेको प्रश्नमा उनले हाल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालपछि नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने पूर्वसहमतिमा गठबन्धन दल रहेको बताए। 
 
प्रकाशित मिति: १४:४३ बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्