Kathmandu Press

४५० केजीसम्मका एलपी ग्यास बिक्री भइरहेको छ, ठुलाे टुर्घटना निम्तिन सक्छ : याेगेश भट्टराई

४५० केजीसम्मका एलपी ग्यास बिक्री भइरहेको छ, ठुलाे टुर्घटना निम्तिन सक्छ : याेगेश भट्टराई

काठमाडाैं, भदाै ३१ : नेकपा एमालेका सांसद योगेश भट्टराईले अनधिकृत रुपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्रीवितरण भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा भट्टराईले सम्बन्धित मन्त्रालय र आयल निगमसँग अनुमति नलिई केहि कम्पनीहरुले बढि तौलका खाना पकाउने ग्यास बिक्रिबितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन्।

खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढी तौलको ग्यास बिक्रि बितरणको बिषयमा सरोकारवाला निकायसंग समितिले छलफल गर्नुपर्ने उनको भनाइ छ।

बढि तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिन्ह नभएको र १४ दशमलव २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्दै उनले यसले ठुलो दुर्घटना निम्ताउन सक्ने धारणा राखे। उनले ग्यासका कारण हुने दुर्घटनाको क्षतिपूर्ति पनि प्रभावकारी हुन नसकेको जिकिर गरे। 

प्रकाशित मिति: १४:१० बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्