Kathmandu Press

मानब बेचबिखन : पाँच वर्षमा १७ सयको उद्धार

ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ।
मानब बेचबिखन : पाँच वर्षमा १७ सयको उद्धार

काठमाडौं, भदौ ३१ : पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका १ हजार ६ सय ७९ जनाको उद्धार गरिएको छ।

नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको हो।

ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ।

ब्युरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ। यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा छ सय पाँच पुरुष रहेका छन्। 

आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताउनुभयो। यस्तै आव २०७९/८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो।

वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनले बताए।  

प्रकाशित मिति: १३:०४ बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्