Kathmandu Press

चिकित्सक संघसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले बनायो समिति, वार्ताका लागि आव्हान

संघले उठाएको माग र घोषणा गरेको आन्दोलनलाई सम्बोधन गर्न मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो।
चिकित्सक संघसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले बनायो समिति, वार्ताका लागि आव्हान

काठमाडौं, भदौ ३१ : आलोन्दनमा उत्रिकएको नेपाल चिकित्सक संघसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ।

संघले उठाएको माग र घोषणा गरेको आन्दोलनलाई सम्बोधन गर्न मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो।

स्वास्थ्यमन्त्री स्तरीय निर्णयबाट बनाइएको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव सदस्य रहनेछन्।

वार्ता समिति बनाउँदै मन्त्रालयले संघलाई वार्ताका आव्हान गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै संघका प्रतिनिधिसँग आजै वार्ता गरिने जनाएको छ।

संघले हेटौँडास्थित सन्चो अस्पतालमा भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारी दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालेको हो। सोअन्तर्गत आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प गरिएको छ।

प्रकाशित मिति: १२:०४ बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्