बाँकेस्थित पूर्व-पश्चिम राजमार्गमा विस्फोट
सोमबार बिहान विस्फोटक पदार्थ विस्फोटमा मानवीय क्षति नभएपनि राजमर्गमा ठूलो खाल्डो परेको छ।
बाँके, भदौ ३१ : बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित नयाँ गाउँको पूर्व–पश्चिम राजमार्गमा विस्फोट भएको छ।
सोमबार बिहान विस्फोटक पदार्थ विस्फोट मानवीय क्षति नभएपनि राजमर्गमा ठूलो खाल्डो परेको छ।
विस्फोट भएको निरिक्षणपछि सुरक्षाकर्मीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको आशंका गरेको छ। विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र भेटिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:५६ बजे, आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











