Kathmandu Press

देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प

संघले मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारी दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालेको हो।
देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडाैं, भदाै ३१ : नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।

उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बन्चित भएका छन्।

संघले मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारी दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालेको हो।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संघले ७२ घण्टाको समय दिएपनि दोषी माथि कारबाही नगरिएको भन्दै संघले आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो।
संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ।

चिकित्सकहरुले अस्प्तालबाहिरै विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरुले हातमा कालो पट्टी बाँधेर ‘हिंसा समस्या हो, समाधान होइन’, ‘ह्वाइट कोट इज टर्निङ रेड’, ‘विदेश पलायन हुन बाध्य नपार’ जस्ता नारा खेलिएका प्लेकार्ड बोकेर विरोध गरेका छन्।

प्रकाशित मिति: ११:३५ बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्