Kathmandu Press

एमालेले सातै प्रदेशमा नेम्वाङको स्मृतिमा विचार गोष्ठी आयोजना गर्ने

शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको हो। विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा निम्त्याइने एमालेले जानकारी जनाएको छ ।
एमालेले सातै प्रदेशमा नेम्वाङको स्मृतिमा विचार गोष्ठी आयोजना गर्ने

काठमाडौं, भदौ ३१ : नेकपा एमालेले दिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा विचार गोष्ठी आयोजना गर्ने भएको छ। एमालेले आगामी असोज २ गते ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो।

शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको हो। विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा निम्त्याइने एमालेले जानकारी जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन्। 

यस्तै ६ प्रदेशमा भने उपाध्यक्षहरूलाई खटाइएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेशको जिम्मा दिइएको छ। कोशी प्रदेशमा इलाममै गोष्ठी गर्ने एमालेको तयारी छ। नेम्वाङ इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित थिए। इलाममा रामबहादुर थापा ‘बादल’ प्रमुख वक्ताका रूपमा जाने छन्।

लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली जाने छन्। गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ता तोकिएको छ। कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने छन्। नेम्वाङको गत सोमबार राति हृदयघातका कारण निधन भएको थियो। 

प्रकाशित मिति: ०७:४८ बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्