Kathmandu Press

कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार अमेरिका प्रस्थान गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।
कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

काठमाडौं, भदौ ३० : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार अमेरिका प्रस्थान गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम खड्काले गर्ने गरी जिम्मेवारी दिइएको हो।

न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल अमेरिका गएका हुन्। महासभालाई उनले असोज ४ गते सम्बोधन गर्ने छन्।

प्रधानमन्त्री दाहाल अमेरिकाबाटै असोज ५ गते अमेरिका जाने छन्।

प्रकाशित मिति: १८:३८ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्