Kathmandu Press

प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान

प्रधानमन्त्री दाहाललाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरे।
प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान

काठमाडौं, भदौ २० : प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्। उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरे।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू छन्। सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड छन्।

महासभाको ७८औं सभालाई प्रधानमन्त्री दाहालले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री दाहाल दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनेछन्। त्यहाँ उनले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री दाहाल असोज ५ गते उतैबाट चीन भ्रमणमा जानेछन्।

प्रकाशित मिति: १८:१५ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्