Kathmandu Press

बिपी संगठित र व्यवस्थित राजनीतिज्ञ : कांग्रेस नेता विश्वकर्मा 

बिपी संगठित र व्यवस्थित राजनीतिज्ञ : कांग्रेस नेता विश्वकर्मा 

काठमाडौं, भदाै ३० : नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख, मीनबहादुर विश्वकर्माले, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राजनीतिमा संगठित र व्यवस्थित पाइएको बताएका छन्। 

बिपीको जेल डायरी नामक पुस्तक सार्वजनिक समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले साहित्यमा स्वतन्त्रताबादी देखिएपनि, राजनीतिमा भने एकदमै संगठित र व्यवस्थित हुनुहुन्थ्यो भन्ने प्रष्ट भएको बताए। 
‘बिपीले पढ्ने समय, खेल्ने समय, औषधी खाने समय सबै योजना मिलाएको देख्दा बिपी साहित्यमा जति अराजकताबादी, स्वच्छ्न्दता नै भनौं भएपनि राजनीतिमा चै अत्यन्तै संगठित र व्यवस्थित हुनुहुदोँ रहेछ। ’ उनले भने। 

त्यस्तै बिपीको जेल डायरीबाट सबैले पढ्ने तालिका निर्माण गर्नुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राख्न जरुरी देखिएको उनको भनाइ छ। 

उनले भने ‘आज हामीले डायरीबाट सिक्न पर्ने कुरा के हो भने, हामी सबै कुराको कार्ययोजना बनाउँछौ, लेख्छौ सायदै पढ्ने बारेमा लेख्दैन थियौं तर वीपिको यो डायरी हेर्दा ६० प्रतिशतभन्दा बढि समय उहाँले पढ्ने रहेछ। सायद जेलमा भएर पनि होला।’
 

प्रकाशित मिति: १७:१७ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्