बीपी वामपन्थीसँगको सहकार्यमा असफल : प्रदीप ज्ञवाली
काठमाडौंमा बीपीको जेल डायरी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उनले वामपन्थीसँगको सहकार्यमा बीपी चुकेको तर्क गरेका हुन्।
काठमाडौं, भदाै ३० : एमाले उपमहासचिव प्रदीप ज्ञवालीले, बीपी कोइरालाले वामपन्थीहरुलाई टाढा र अन्य शक्तिलाई नजिक ठान्नु गलत भएको बताए।
काठमाडौंमा बीपीको जेल डायरी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उनले वामपन्थीसँगको सहकार्यमा बीपी चुकेको तर्क गरेका हुन्। वाम मोर्चा र नेपाली कांग्रेसबीचको सहकार्यबाट मात्रै पञ्चायत ढलेको स्मरण गर्दै उनले वामपन्थीबाट टाढा हुन खोज्ने सवालमा भने बीपी असफल भएको उनको तर्क छ।
उनले भने ‘ हिंसा सबै स्थानमा गलत पनि हुदैँन् सबै स्थानमा सहि पनि हुदैँन्। मलाई हिंसा र नैतिकताको बारेमा बीपिका विचारहरु बुझ्न मन छ। २०४६ सालमा जति वेला बाम मोर्चा र नेपाली कांग्रेसकोबीचमा संयुक्त मोर्चा बन्यो र संयुक्त आन्दोलन भयो पञ्चायत त्यती बेला मात्रै ढल्न सक्यो।’
‘वामपन्थीहरुलाई टाढा अरु शक्तिलाई नजिक ठानेर जुन बाटोबाट अगाडि बढ्न खोज्नु भयो त्यो सफल नभएको एउटा यथार्थ हो। त्यस कारण इतिहास हेर्दा बीपीका ती कदमहरुलाई पनि विश्लेषणात्मक ढङ्गले हेर्नुपर्छ,’ उनले भने। तर समाजवादप्रतिको दृढता चाँहि एकदमै अविचलित एकदमै आकर्षक रहेको उनको भनाइ छ।











