‘जेल डायरी’ पढेर बिपीलाई धेरै बुझ्न सकिन्छ : महामन्त्री थापा
शनिबार काठमाडौंमा विश्वेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
काठमाडौं, भदाै ३० : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेल डायरी’ पढेर मात्र पनि बिपी कोइरालालाई बुझ्न सकिने बताएका छन्।
शनिबार काठमाडौंमा विश्वेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। बिपीले लेख्ने कथा र संस्मरणहरुमा धेरैजसो दुःख, पीडाका कुराहरु हुने भन्दै विपी कोइरालालाई उक्त डायरीका आधारमा पनि धेरै बुझ्न सकिने थापाले बताए।
उनले भने, ‘विपी कोइरालाले आफूले लेख्ने कथा, कविता र घटना स्मरणहरुमा धेरैजसो दुःख पीडाका कुराहरु हुन्छन् भन्नुभएको थियो, त्यसैले यो डायरी पढेपछि कतिले मलाई के भन्लान् भने सधैँ नमेटिने कष्ट र निराशामा भएको पात्र रहेछु भन्लान् भन्नुभएको छ। यो सबै कुराले गर्दा यो डायरीका आधारमा पनि विपी कोइरालालाई धेरै बुझ्न सकिन्छ।’
उनले बिपीको साहित्य पढ्यो भने उनको जीवन मूल्य र जीवन पद्धति बुझ्न सकिने बताए।











