Kathmandu Press

युवाशक्ति बिदेसिने क्रम बढेको भन्दै रवि लामिछानेद्वारा चिन्ता व्यक्त

आज गोरखा सदरमुकाममा आयाेजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘त्रिभुवन विमानस्थलबाट देश छाड्नेको लर्को लागेको बताएका  हुन्।
युवाशक्ति बिदेसिने क्रम बढेको भन्दै रवि लामिछानेद्वारा चिन्ता व्यक्त

गाेरखा, भदाै ३० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवाशक्ति बिदेसिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरे।

आज गोरखा सदरमुकाममा आयाेजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘त्रिभुवन विमानस्थलबाट देश छाड्नेको लर्को लागेको बताएका  हुन्। यो देख्दा लाग्छ, युद्धग्रस्त देशबाट कतिखेर भागौं भनेर लाइनबद्ध भएर तँछाडमछाड गरिरहेका छन्। न यो देशमा युद्ध भइरहेको छ तर पनि मान्छेहरु भागेको दृश्य त्यस्तो छ। तर २०८४ सम्म कति मतदातालाई पठाउनुपर्ने होला !’

आफ्नो पार्टीले विदेशमा रहेका नेपालीहरुको पनि मताधिकार सुरक्षित हुनपर्छ भनेर पहिलादेखि नै आवाज उठाएको र उक्त आवाज संसद्‍मा विधेयकका रुपमा आउँदै गरेको बताए।

उनले आफ्ना पार्टीका सांसदले संसदको गौरव बढाएको दाबी गरे। ‘नेपालको संसदको गौरव कसैले बढाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी बनेकाहरुले बढाएका छन्, २१ जना सांसद टाउकोधारी मात्र होइनन् देशलाई माया गर्ने मान्छे हुन्। विषयमा विज्ञता छ, के बोल्ने के नबोल्ने थाहा छ, के भन्ने के नभन्ने थाहा छ,’ उनले भने,‘बेथिति विसंगतीविरुद्ध क्षमतावान र योग्य सांसद गर्जिरहेका छन्, यो संख्या बढाउनुपर्छ अब।’

यस्तै रास्वपाका नेतालाई तारो बनाएर भ्रम सिर्जना गर्न केही मान्छेहरू लागिपरेको उनको आरोप थियो।

प्रकाशित मिति: १६:१५ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्