Kathmandu Press

तीजमा विकृति बढिरहेको छ : मन्त्री शर्मा

शनिबार सिन्धुपाल्चोक–काठमाडौं समन्वय सम्पर्क मञ्चद्वारा आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था मात्र होइन सांस्कृतिक अवस्था पनि नकारात्मक ढङ्गले बदलिएको बताएकी हुन्। 
तीजमा विकृति बढिरहेको छ : मन्त्री शर्मा

काठमाडौं, भदाै ३० : सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले देशको सांस्कृतिक अवस्था नकारात्मक ढङ्गले बदलिएको बताएकी छन्। तिज मनाउने कुरामा पनि विकृतिहरु बढिरहेको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन्।

शनिबार सिन्धुपाल्चोक–काठमाडौं समन्वय सम्पर्क मञ्चद्वारा आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था मात्र होइन सांस्कृतिक अवस्था पनि नकारात्मक ढङ्गले बदलिएको बताएकी हुन्। 

उनले भनिन्, ‘हाम्रो संस्कृति जसरी विकृत हुँदैछ। जसरी पुँजीवादमा प्रवेश गर्दैछ हामीले हाम्रो संस्कृति जोगाउनुपर्छ हाम्रो संस्कृति परम्पराको रक्षा गर्नुपर्छ। हामीले व्यवस्था बदलियो, अवस्था बदलिएको छैन भनिरहेका छौं नि, त्यो आर्थिक अवस्था मात्र होइन हाम्रो सांस्कृतिक अवस्था पनि बदलिएको छैन। बदलिए पनि नकारात्मक ढङ्गले बदलिएको छ।’
 
मन्त्री शर्माले नेपालमा तीजको दर खाने प्रचलनमा पनि विकृति बढिरहेको टिप्पणी गरिन्। महिलाहरुले रक्सी चुरोट सेवन गर्ने जस्ता गलत कुरामा पुरुषसँग प्रतिस्पर्धा गर्ने गरेको उनको भनाइ छ। 

उनले भनिन्, ‘तीजमा पनि विकृति बढिरहेको छ। हामी कतातिर जाँदै छौं ? हाम्रो नयाँ पुस्ता कहाँ जाँदै छ ? एकातिर गहना कपडा सबैको प्रतिस्पर्धा भइरहेको छ। रक्सी चुरोटको सेवन गरी समानताको नाममा नकारात्मक कुरामा पुरुषले जस्तै गर्नुपर्छ भन्ने प्रतिस्पर्धा बढेको देखिन्छ।’ 
 

प्रकाशित मिति: १५:३७ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्