प्रशान्त शर्माको ‘ईरा’ सार्वजनिक
आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझा र लेखक शर्मालगायतले सामुहिक रूपमा ‘ईरा’ सार्वजनिक गरेका हुन्।
काठमाडौं, भदाै ३० : लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ’ईरा’ सार्वजनिक गरिएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझा र लेखक शर्मालगायतले सामुहिक रूपमा ‘ईरा’ सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताईन्। उनले समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्व बुझ्न नसक्नाले शर्माको पुस्तकको पात्र जस्तै बन्न पुगेको भन्दै उपन्यास समाजको वास्तविक ऐनाको रुपमा प्रस्तुत भएको बताइन्।
त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले पछिल्लो लेखक शर्मा पछिल्लो पुस्ताका अब्बल लेखकको रुपमा उदाएको बताए।अभिनेत्री लक्ष्मी बर्देवाले लेखक शर्मालाई बदाई दिदैँ पुरूष भएर पनि महिलाको विषयमा लेखक शर्माले चित्रण गरेको यथार्थ नै पुस्तकको सबल पक्ष भएको बताईन्।
कार्यक्रमको समापन गर्दै लेखक शर्माले, दुई वर्षको अन्तरालपछि आफुले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए।
उक्त पुस्तकको कभर डिजाइन रसिक राजले गरेका हुन् भने बिएन पुस्तकले बजार व्यवस्थापकको जिम्मा लिएको छ। कफि यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मुल्य ४५० तोकिएको छ। शर्माले पहिलो उपन्यास ‘रूखहरूको मृत्यु’ बजारमा ल्याएका थिए।












