Kathmandu Press

तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसारपसार : ओली

२०७४ सालदेखि तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसार पसारको तयारी गरिएको आरोप लगाउँदै ओलीले सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका हुन्। 
तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसारपसार : ओली

काठमाडौं, भदाै ३० : एमाले अध्यक्ष केपी ओलीले सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘बासँग विद्यार्थी ’कार्यक्रममा उनले यस्तो बताएका हुन्।

२०७४ सालदेखि तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसार पसारको तयारी गरिएको आरोप लगाउँदै ओलीले सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका हुन्। 

उनले भने, ‘तस्कर र भ्रष्टाचारीको बिगबिगी छ, साढे नौं किलो सुन फेला पर्यो, हराउँदै फेला पर्दै। कस्तो तमासा होला। एउटा तस्करलाई नेपाली नागरिकता २०७४ सालदेखि दिएर सुन ओसार पसारको तयारी रहेछ। अस्ति केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर एउटा सांसदले संसदमा बोले। किन रहेछ भनेको संसदमा जलहरीको कुरा हल्ला गर्ने र विमानस्थलबाट सुनको तस्करी क्वीन्टलका क्वीन्टल गर्ने धन्दा रहेछ।’

उनले सरकारले छिमेकी देशसँग सम्बन्ध बिगारेर अविश्वसनीय अवस्था पैदा गरेको आरोप लगाउँदै भने, ‘छिमेकी देशसँग सम्बन्ध बिग्रेको छ। अविश्वसनीय बनेको छ। विकासतर्फ ध्यान गएको छैन विकास ठप्प छ।’
 
प्रकाशित मिति: १४:५४ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्