Kathmandu Press

 गैह्रीगाउँ हत्याकाण्डको छानबिन गर्न पाँच सदस्यीय समिति

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
 गैह्रीगाउँ हत्याकाण्डको छानबिन गर्न पाँच सदस्यीय समिति

काठमाडौं, भदौ ३० : गैह्रीगाउँ हत्याकाण्डको छानबिनका लागि समिति गठन गरिएको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा काठमाडौं प्रहरी परिसरका डीएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी छन्।

काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको बीभत्स हत्या भएकाे थियाे। 

टाउको र शरीरका विभिन्न भागमा धारिलाे हतियार प्रहार गरी हत्या भएकाे अवस्थामा अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो। सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनी श्रीमती वर्ष ५२ की  अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको हाे।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि काठ मिल भएकै घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ। घटनाको यकिन कारण खुल्न बाँकी रहेकाे र केही शंकास्पदलाई पनि नियन्त्रणमा लिइएको प्रहरीकाे भनाइ छ।

प्रकाशित मिति: १३:१२ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्