Kathmandu Press

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालकाे भेट

भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालकाे भेट

काठमाडौं, भदाै ३० :  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गरेका छन्।

राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्युयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।
 

प्रकाशित मिति: १२:५१ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्