गैह्रीगाउँ हत्या प्रकरण : सोधपुछका लागि शंकास्पद चार जनालाई पक्राउ
तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरीले शंकास्पद चार जनालाई जडिबुटी क्षेत्रबाट पक्राउ गरेको बताइएको छ। तर, उनीहरुको नाम भने गोप्य राखिएको छ।
काठमाडौं, भदौ ३० : तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबर राति धारिलो हतियार प्रयोग गरी भएको चार जनाको हत्या प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरीले शंकास्पद चार जनालाई जडिबुटी क्षेत्रबाट पक्राउ गरेको बताइएको छ। तर, उनीहरुको नाम भने गोप्य राखिएको छ।
शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।
प्रहरीले २८ वर्षीय दिपेन्द्र राईलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। उनी आफैं तीनकुनेस्थित प्रहरी कार्यालय पुगेको बताइएको छ।
खबरपश्चात तत्काल सःमिल पुगेको प्रहरीले चार जनाको विभत्स हत्या भएको अवस्थामा शव फेला पारेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ।











