Kathmandu Press

प्रधानमन्त्री दाहाल आज अमेरिका जाँदै

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट उनी न्युयोर्क प्रस्थान गर्नेछन्।
प्रधानमन्त्री दाहाल आज अमेरिका जाँदै

काठमाडौं, भदौ ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल आज अमेरिका जाँदैछन्। उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट उनी न्युयोर्क प्रस्थान गर्नेछन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू छन्। प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड रहेका छन्।

महासभाको ७८औं सभालाई प्रधानमन्त्री दाहालले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री दाहाल दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनेछन्। त्यहाँ उनले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री दाहाल असोज ५ गते उतैबाट चीन भ्रमणमा जानेछन्।

प्रकाशित मिति: ०८:२३ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्