Kathmandu Press

गैह्रीगाउँ हत्या प्रकरण : चारै जनाको शव शिक्षण अस्पताल लगियो

तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा हत्या भएका चारै जनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
गैह्रीगाउँ हत्या प्रकरण : चारै जनाको शव शिक्षण अस्पताल लगियो

काठमाडौं, भदौ ३० : काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा हत्या भएका चारै जनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको हो।

शुक्रबार राति काठ मिलमा गार्डका रूपमा कार्यररत कुमार भुजेलसहित उनको परिवारका ३ जना सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

अन्दाजी ५५(५६ वर्षका कुमार भुजेलकी श्रीमती अम्बिका भुजेल र ७६ वर्षकी आमा सुभद्रा भुजेलको समेत हत्या भएको छ। उनीहरू दोलखाका स्थायी बासिन्दा हुन्। यस्तै मोरङको बेलबारीका अन्दाजी १९(२० वर्षीय नवीन राईको पनि हत्या भएको छ।

प्रहरीले सो घटनामा संलग्न भएको आशंकमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।

प्रकाशित मिति: ०८:०१ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्