Kathmandu Press

मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो?

बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुस छूट गरी १०÷१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति पनि दिएको छ। दिने ।
मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो?

काठमाडौं, भदौ २९ : शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिद् बैठकले हरेक वर्ष संविधान दिवसका दिन दिइँदै आएको पदक यो वर्ष नबाड्ने निर्णय गरेको छ।

संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि मन्त्रिपरिषद्ले यो वर्ष पदक नबाँड्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।

विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको उनले जनकारी दिइन्।

बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुस छूट गरी १०÷१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति पनि दिएको छ। दिने ।

मन्त्रिपरिषद् बैठकले सिंचाई नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

शुक्रबारको बैठकले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने निणृय गरेको छ। यस्तै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने पनि बैठकले गरेको छ।

 

प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्