Kathmandu Press

मन्त्रिपरिषद्‍ले स्वीकृत गर्‍याे प्रधानमन्त्रीको चीन भ्रमण

भ्रमण तालिका अनुसार प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ५ असोजमा चीनको हाङजाओ प्रस्ताथन गर्ने तय भएको छ।
मन्त्रिपरिषद्‍ले स्वीकृत गर्‍याे प्रधानमन्त्रीको चीन भ्रमण

काठमाडौं, भदौ २९ : शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण स्वीकृत गरेको छ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ५ असोजमा चीनको हाङजाओ प्रस्ताथन गर्ने तय भएको छ।

चीन भ्रमणका क्रममा पहिलो दिन ले हाङजाओमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट्ने कार्यक्रम रहेको र सोही दिन उनी १९ औं एसियन गेमको उदघाटन समारोहमा पनि सहभागी हुनेछन्।

२५ सेप्टेम्बरमा प्रधानमन्त्री दाहालले बेइजिङमा समकक्षी चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग औपचारिक भेटघाट र द्विपक्षी वार्ता गर्ने कार्यक्रम छ।

सोही दिन उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछीङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधिको विकासका क्षेत्रको अवलोकन गर्नेछन्।

प्रधानमन्त्री दाहाल तिब्बतको भ्रममा जाने र त्यहाँ उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रमम छ।

प्रकाशित मिति: १८:४५ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्