Kathmandu Press

सरकार नै भ्रष्टाचारमा संलग्न छ : अध्यक्ष थापा

उनले सबै नेपाली जनतालाई पार्टीभन्दा माथि उठेर देशका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन आग्रह समेत गरे।
सरकार नै भ्रष्टाचारमा संलग्न छ : अध्यक्ष थापा

काठमाडौं, भदौ २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकार नै भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन्।

 शुक्रबार काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको विरोध सभामा अध्यक्ष थापाले भ्रष्टचार नियन्त्रण गर्नुपर्ने अनि शान्ति सुरक्षा दिनुपर्नेसरकार स्वयम् भ्रष्टाचारमा संलग्न भएको आरोप लगाए।

करिब आधा दर्जन नेताले अरबौं रुपैयाँ विदेशी बैंकमा लुकाएर राखेको भन्दै उनले सरकार स्वयम् भ्रष्टाचारमा संलग्न भएको बताए।

‘केही सीमित दलका सीमित नेताहरु रातारात करोडपति, अर्बपति भएका छन्। म दाबीका साथ भन्न सक्छु, करिब आधा दर्जन नेताले अर्बाैं रुपैयाँ स्वीजरल्यान्ड, दुबई र सिङगापुरका बैंकमा लगेर राखेका छन्,’ उनले भने, ‘यो भ्रष्टाचार स्वयम् सरकारले गरिरहेको छ। सरकार स्वयम् भ्रष्टाचार गर्छ।’

उनले सबै नेपाली जनतालाई पार्टीभन्दा माथि उठेर देशका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन आग्रह समेत गरे। कुनै पार्टीको भन्दा पनि देशको स्वाभिमानी नेपाली भएर सुशासनको जगमा समृद्ध नेपाल बनाउँन चाहने सबै नेपालीलाई तेस्रो जनआन्दोलनमा आन्दोलनमा सहभागी हुन आग्रह गरेका हुन्।

‘कांग्रेस, एमाले, माओवादी, राप्रपा नेपाल भएर पनि होइन, देशको स्वाभिमानी नेपाली भएर छातीमा हात राखेर देशको अवस्थालाई विश्लेषण गर्नुहोस् र यदी अहिले भ्रष्ट व्यवस्था अन्त्य गर्न र राजसंस्था चाहनुहुन्छ भने र संघीयता खारेज होस् भन्ने छ भने, सुशासनको जगमा समृद्ध नेपाल बनाउन चाहनुहुन्छ भने यो आन्दोलनमा सहभागी हुन आग्रह गर्न चाहन्छु,’ उलने भने।

अध्यक्ष थापाले केवल पार्टीको व्यानर र झण्डामा होइन राष्ट्रिय झण्डाको व्यानरमा सहभागी हुन आग्रह गरे।

 

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्