Kathmandu Press

संविधान दिवसमा सरकारले पदक र विभूषण नबाँड्ने

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो । संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकलाई लिएर प्रश्न उठ्दै आएको थियो।
संविधान दिवसमा सरकारले पदक र विभूषण नबाँड्ने

काठमाडौं, भदौ २९ : हरेक वर्ष संविधान दिवसका दिन बाँडिदै आएको पदक, विभूषण र अलंकार यस पटक नबाँड्ने निर्णय भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो । संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकलाई लिएर प्रश्न उठ्दै आएको थियो।

यस्तै पदकका लागि आगामी वर्षका लागि उपयुक्त मापदण्ड तय गर्न समिति बनाउने निर्णय समेत भएको छ । पद, अलंकार र विभूषण लिनेमा भ्रष्टाचार र आपराधिक कृयाकलापमा मुछिएका व्यक्ति समेत परेको भन्दै भन्दै जनस्तरबाटै चर्को आलोचना हुँदै आएको थियो।

राष्ट्रका लागि योगदान गरेका व्यक्तिलाई दिनुपर्ने पदक पहुँचवालाका आसेपासेलाई दिइएको भन्दै कतिपय लब्धप्रतिष्ठित व्यक्तिले अस्विकार समेत गरेका थिए।

प्रकाशित मिति: १८:२० बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्