मुलुकलाई विदेशीको क्रीडास्थल बनाउन खोजिएको पूर्वप्रधानमन्त्री खनालको आरोप
उनले एमसीसी नेपालको निधारमा लगाइएको कलंकको टीका भएको दाबी गरे।
काठमाडौं, भदाै २९ : एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले, मुलुकलाई विदेशीको क्रीडास्थल बनाउन खोजिएको भन्दै आक्रोश पोखेका छन्।
काठमाडौंमा समाजवादी सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा उनले, दुइतिरका ठुला छिमेकीले पनि आ आफ्नो स्वार्थ स्थापनाको प्रयास गरेको र एउटा टाढाको देशले नेपालीको आस्थालाई किन्ने कोसिस गरिरहेको आरोप लगाए। धरानमा देखिएको घटनाले देशभर फैलाउने कोसिस भइरहेको आशंका छ।
‘अहिले पनि हाम्रो देशमा अमेरिकी सेना आएर टे«निङ गरिरहेको छ। यो कार्यक्रम भइरहदाँ पनि। घनिभूतरुपले त्यो प्रकारको जुन अवस्था सिर्जना हुँदैछ। यो सुखद कुरा होइन्।’ उनले भने ‘हाम्रो देशलाई विभिन्न कारणले चै प्रयोग गर्न खोजिँदैछ,’ उनले भने, ‘यो शान्त देश, यो बुद्धको देश, तपाई हामी सबै शान्तिप्रिय जनता हौं। हामी शान्ति चाहान्छौं। हामी कसैसँग लड्न चाहाँदैनौं। हामी हाम्रो देशलाई स्वतन्त्र राख्न चाहान्छौँ। सार्वभौम सत्ता सम्पन्न बनाउँन चाहान्छौँ। हिजो गरिएका असमान सन्धिपनि हामी रद्द गर्न चाहान्छौंँ।’
उनले एमसीसी नेपालको निधारमा लगाइएको कलंकको टीका भएको दाबी गरे।











