Kathmandu Press

वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्डबाट पाँच चिकित्सक सम्मानित

वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्डबाट पाँच चिकित्सक सम्मानित

काठमाडाैं, भदाै २९ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्डबाट पाँच जना चिकित्सकलाई सम्मान गरेका छन्। 

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएबापत राष्ट्रपति पौडेलले डा अर्चना अमात्य, डा गीता शाक्य, डा. मीता सिंह, डा कोकिला वैद्य र डा प्रमिला प्रधानलाई सम्मान गरेका हुन्।

त्यस्तै उनले ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’बाट डा दिव्यश्वरी श्रेष्ठ, डा लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा गीता कार्की रानालाई ट्रफी, दोसल्ला र सम्मानपत्र सहित सम्म्मान गरे।

कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षाजस्ता संविधानले नै नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रुपमा कार्यान्वन गर्न सरकार गम्भीर रहेको बताए।

उहाले दुर्गम क्षेत्रमा चिकित्सकको अभावलाई हटाउन मन्त्रालयले जनशक्ति परिचालनमा ध्यान दिएको उल्लेख गरे।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी नभएकाले मुलुकमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति तयार गर्न ध्यान दिनुपर्ने धारणा राखे।  

प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्